देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

योमरी पूणिर्मा अर्थात धान्य पूणिर्मा पर्व आज

देशान्तर

काठमाडौं । मार्गशीर्ष शुक्ल पूणिर्माका दिन आज योमह्री पुन्हिः अर्थात् योमह्री पूणिर्मा पर्व मनाइँदैछ । काठमाडौँ उपत्यकाका नेवार समुदायले चार सय वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमह्री पूणिर्माका दिनमा सारेको विश्वास गरिन्छ ।

जाडोको समयमा चामलको पीठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूणिर्मा मनाउने गरिएको हो । यस दिनलाई ज्यापू दिवस र धान्य पूणिर्माका रुपमा समेत मनाउने गरिन्छ ।

पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कुलपूजा, गोठपूजा र गैडु पूजा गर्ने परम्परा रहेको नेपाल पञ्चाङ्ग निणरयक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

]]>