देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ग्लोबल छनौट हुने नेपालको सपना अधुरै, सीता राना मगर प्लेअफ अफ दि टुर्नामेन्ट

देशान्तर

नेपाली महिला टिमको आइसीसी टी २० विश्वकपको ग्लोबल छनोटमा पुग्ने सपना यो पटकपनि अधुरो बनेको छ । दुबईमा जारी एशिया छनोको अन्तिम खेलमा युएईसँग ४८ रनले पराजित भएपछि नेपाली महिला टिमको १५ बर्षको पर्खाई यसपटक पनि सपनामा नै सिमित भएको छ ।

यसपटक ग्लोबल छनोटमा पुग्ने लक्ष्यका साथ दुबई पुगेको नेपाली टिमले पाँच खेलमा दुईमा हार ब्यहार्दै खालि हात स्वदेश फर्किनपर्ने भएको छ । पहिलो पटक नेपाली महिला टिमले ग्लोबल छनोटमा जानु अगाडी विदेशी भूमीमा अभ्यास खेल खेल्नुका साथै टी २० सिरिज खेलेको थियो । तरपनि नेपाली टिममा अझै धेरै कमजोरी बाँकी रहेको प्रतियोगितामा देखियो ।

रुविना क्षेत्रीको कप्तानमा रहेको नेपाली महिला टिमले आफ्नो लेभलको टिमसँग यो पटकपनि राम्रो खेल्न सकेन । हङकङसँग ६ विकेटले पराजित हुँदै प्रतियोगितामा खराव सुरुवात गरेको महिला टिम अन्तिम खेलमा पनि युएईसँग घुँडा टक्न बाध्य भयो । नेपाललाई हराएको युएईको टिम भने पहिलो पटक ग्लोबल छनोटमा स्थान बनाउन सफल भयो । टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले सुरुवात भने राम्रो गर्न सकेन ।

नेपालभन्दा माथी रहेका थाइल्याण्ड, जिम्बावे, आयरल्याण्ड र स्कटल्याण्ड छनोट भईसकेकाले त्यसपछिका वरीयताबाट २ टोली ग्लोबल क्वालिफायर पुग्नेछन् । यस्तोमा पपुवा न्युगिनि, सामोआ र नेपालमध्ये २ टोलीको संभावना बलियो रहनेछ ।

सीता राना मगर प्लेअफ अफ दि टुर्नामेन्ट
नेपालकी सीता रानामगर आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको उत्कृष्ट खेलाडी बनेकी छिन् । नेपाल ग्लोबल छनोटमा पुग्न असफल भए पनि अलराउण्ड प्रदर्शन गरेकी सीता ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएकी हुन् ।

६ राष्ट्र सहभागी प्रतियोगिताको अन्तिम खेलमा घरेलु टोली यूएईलाई जित्नैपर्ने अवस्थामा रहेको नेपाल ४८ रनले पराजित भएको थियो । नेपालले तेस्रो स्थानमा रहँदै प्रतियोगिता सकाएको छ ।

सीताले प्रतियोगितामा नेपालको तर्फबाट पाँच खेलमा सर्वाधिक १०० रन बनाइन् भने बलिङमा ६ विकेट लिएकी थिइन् । उनी सर्वाधिक रन बनाउनेमा १०औं स्थानमा रहिन् ।

यस्तै बलिङतर्फ उनी सर्वाधिक विकेट लिनेमा पाँचौ स्थानमा रहिन् ।