काठमाडौं । भारतको अघोषित नाकाबन्दीपछि सर्वसाधारणको जीवन कष्टपूर्ण रहेपनि तस्कार, कालोबजारी तथा माफियालार्य भने मोटाउने वातावरण बन्यो । उनीहरुलाई यो नाकाबन्दी ढुंगा खोज्दा देउता मिलेजस्तै भएको छ ।
कमजोर सरकारी संयन्त्रको फाइदा उठाएर तीन महिनाको छोटो अवधिमा तस्कारले अर्बौ रुपैयाँ कमाए । चोर बाटोमाफत मौलाएको व्यापारबाट ठूलो परिणामको धनराशि राजस्व तस्कोको खल्तीमा पुगेको छ । सरकार र निगमलाई बुझाउनुपर्ने राजस्वज तस्करमार्फत एकतर्फी रुपमा भारतको हातमा पुगेको छ ।
तस्कर र माफियाको हातमा इन्धनको व्यापार जाँदा भारतसँगै इन्धन माफियाले नसोचेको कमाउन सफल भए । तस्कर र माफिया अससोजदेखि मंसिरसम्म तीन महिनालाई व्यापार फस्टाएको अबधिका रुपमा लिएका छन् ।
सरकारी आँकडाअनुसार तीन महिनाको अवधिमा अबैध रुपमा ल्याइएको इन्धन विक्री गरेर सबै खर्च कटाई माफियाले १४ अर्ब ६९ करोड ७४ लाख ३५ हजार रुयैयाँ खुद नाफा आर्जन गरेका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
]]>
प्रतिक्रिया