देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चिसोमा मुटु रोग र हृदयघातको जोखिम

देशान्तर

काठमाडौं । बदलिँदो जीवनशैलीका कारण हृदयघात बढेको छ । यसको जोसिख जोडोमा थप हुने चिकित्सकले बताएका छन् । चिसोले हृदयघात र मुटु रोग बढाउने भएकाले सचेत हुन उनीहरुको सुझाव छ । अस्पतालमा जाडोसँगै मुटु रोगी, हृदयघात, मस्तिष्क घातका बिरामी बढेर गएको मुटुरोग विशेषज्ञ तथा अस्पतालले जनाएका छन् ।

सहिद गंगालाल हृदयकेन्द्रमा हाल दैनिक ५ देखि १० जना हृदयघातका विरामी आउँछन् । त्यससँगै चिसोका कारण मुटुरोगीहरु निमोनिया र अन्य समस्या लिएर आउने गरेको अस्पतालका बरिष्ठ मुटु रोग विशेषज्ञ डा। दिवाकर शर्माले बताए ।  

उनका अनुसार अस्पतालको आकस्मिक कक्षमा दैनिक ५० जना यस्ता विरामी आउँछन् । चिसो बढेसँगै अस्पतालमा दैनिक मुटु र साना ठूला हृदयघातका बिरामी आउने गरेको मनमोहन कार्डियो, भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । हाल अस्पतालमा दैनिक औसत सानो ठूलो हृदयघात गरी ६ जना बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।  नागरिक दैनिकमा समाचार छ । 
 

]]>