देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टी–२० विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित

देशान्तर

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ । दुबईको आईसीसी एकेडेमीको मैदानमा भएको खेलमा मलेसियालाई पराजित गर्दै नेपालले तेस्रो जित निकालेको हो । मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १८.२ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो ।

नेपालका लागि सीता रानामगरले सर्वाधिक ३० रन बनाउँदा कप्तान रुविना क्षेत्रीले २० र सरिता मगर १५ रनमा अविजित रहिन् । कविता कुँवर १० रनमा रनआउट भइन् । मलेसियाकी अ‍ैसा एलिसाले एक विकेट लिइन् । त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९२ रन जोड्यो । उसका लागि एलसा हन्टरको ३९ रन सर्वाधिक रह्यो । मस एलयसको १४ रन तथा युश्रीना यकोपको १२ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि सबनम राईले दुई विकेट लिँदा कविता कुँवर, सीता राना मगर र रुविना क्षेत्रीले समान १–१ विकेट लिए । जितसँगै नेपाल अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ६ टीम सम्मिलित प्रतियोगिताको शीर्ष टीमले ग्लोबल छनोट खेल्नेछ ।