देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विराट पेट्रोद्वारा झुक्याउँदै इन्धन आयात

देशान्तर

काठमाडौं । नेपाल आयल निगमसँग सम्झौता भंग गरेको विवादास्पद विराट पेट्रोलियम प्रालिले भारतबाट पेट्रोलियम पदार्थ आयत थालेको छ । कोलकाताको हल्दिया पेट्रो केमिकल्सबाट विराट पेट्रोले खरिद गरेको ९७ हजार लिटर पेट्रोल जोबनी नाका हुँद्यै नेपाल भित्रिएको छ ।

निगमसँग सम्झौता रद्द गर्नुअघि कात्तिक २ गते नै विराट पेट्रोले आपूर्ति मन्त्रालयमार्फत मन्त्रिपरिषदबाटै निर्णय गराई पेट्रोलियम पदार्थ आयात गर्ने अर्को ढोका खोलिसकेको प्रमाण फेला परेको छ । आपूर्ति व्यवस्थापन विभागले विराट पेट्रोलाई भारत तथा तेस्रो मुलुकबाट पेट्रोलियम पदार्थ आयात गर्न ६ महिनाका लागि इजाजत दिइएको पत्र पुस ३ गते काटेको छ ।

 उक्त पत्रमा मन्त्रिपरिषदको कात्तिक २ गतेको निर्णयअनुसार नेपाल राजपत्रमा प्रकाशित आपूर्ति मन्त्रालयको सूचनाबमोजिम नेपाल सरकारले निकासी पैठारी ऐन, २०१३ को दफा ३ ले दिएको अधिकारी प्रयोग गरी ६ महिनाका  लागि पेट्रोलियम पदार्थ आयात गर्न पाउने छ ।

 आपूर्ति व्यवस्थापन विभागथका शाखा अधिकृत दिपराज पोखरेलले विराट पेट्रोलियम प्रालिको नाममा जारी गरेको उक्त पत्रको बोधार्थ आपूर्ति मन्त्रालय र उपभोक्ता हित तथा बजार अनुगमन शाखालाई समेत गरिएको छ।   नागरिक दैनिकमा समाचार छ । 
 

]]>