काठमाडौं । केन्द्रीय बाल कल्याण समितिको तथ्याङ्क अनुसार चिसोका कारण ११ लाख २१ हजार आठ जना भूकम्पपीडित बालबालिका उच्च जोखिममा परेका छन् । युनिसेफका अनुसार नाकाबन्दीले भूकम्प प्रभावित जिल्लाका बालबालिकाले पौष्टिक आहार, खोप, औषधि पाएका छैनन् ।
युनिसेफले भनेको छ, ‘इन्धन खाना, औषधि र खोप अभावले यो वर्षको जाडोमा नेपालका पाँच वर्ष मुनिका तीन लाखभन्दा धेरै बालबालिका बिरामी वा मृत्युसमेत हुनसक्ने जोखिममा छन् ।
भूकम्पको असर भोगेका बालबालिका सबैभन्दा बढी प्रभावित छन् ।’ देशभर नाकाबन्दी तथा भूकम्पले पाँच वर्षमुनिका ३० लाख बालबालिका प्रभावित रहेको युनिसेफको तथ्यांक छ । यसैवीच भूकम्पपीडितलार्इ न्यानोका लागि प्रभावित १४ जिल्लामा सरकारले झन्डै साढे पाँच अर्ब रुपैयाँ वितरण गर्ने भएको छ ।
सो रकम भूकम्पपीडित प्रत्येक परिवारलार्इ १० – १० हजार रुपैयाँका दरले वितरण गर्न थालिकएक छ । तर पीडित परिवारले राहत नपाएको गुनासो गरेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
]]>
प्रतिक्रिया