देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एडीबीले विद्युतीय प्रणाली सुधारका लागि सात अर्ब ऋण दिने

देशान्तर

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपालको विद्युतीय प्रणालीको सुधार एवम् आधुनिकीकरणका लागि करिब रु ७ अर्ब ८ करोड बराबरको ऋण सहायता उपलब्ध गराएको छ ।
अर्थ मन्त्रालयमा शुक्रबार आयोजित ऋण सहायतासम्बन्धी द्विपक्षीय सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका देशीय निर्देशक अर्नड काउचिसले हस्ताक्षर गरे ।

नेपालको विद्युत् प्रणालीको विकास र विस्तारका लागि एडीबीले निरन्तर सहयोग उपलब्ध गराउँदै आएको सन्दर्भमा यो ऋण सहयोग अर्को महत्वपूणर् रहेको छ । ऋण सहयोगबाट नेपालगञ्जदेखि कोहलपुरसम्म १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ ।
यस्तै काठमाडौँ उपत्यकाको विद्युत् प्रणालीमा महत्वपूणर् मानिएको चोभारदेखि लगनखेलसम्मको प्रसारण लाइन निर्माण हुनेछ ।

त्यस्तै ऋण सहयोगबाटै दुुम्किवास, लगनखेल, नेपालगन्ज र मुलपानीमा अत्याधुनिक सबस्टेशन निर्माण गरिने छ । त्यससम्बन्धी आवश्यक तयारी भइसकेको प्राधिकरणले जनाएको छ ।

अर्थसचिव मरासिनीले प्रसारण लाइनको विस्तारले विद्युतको माग तथा उत्पादन बढाउनसमेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले आन्तरिकरूपमा बिजुली उत्पादन बढ्दै जाँदा व्यापार घाटा कमसमेत गर्न सहयोग पुग्ने उल्लेख गरे ।

कार्यक्रममा एडीबीका देशीय निर्देशक अमुद काउचिसले ऋण सहयोगले नेपालको उत्पादित विद्युतको प्रसारणका अतिरिक्त गुणस्तरमासमेत वृद्धि हुने बताए । नेपालको विद्युत् वितरण प्रणालीमा सुधार, प्रसारण लाइन विस्तार साथै विद्युत् उत्पादनसमेतमा वृद्धि गर्ने लक्ष्य लिइएको छ । काठमाडौँ उपत्यकाको भूमिगत प्रसारण लाइन निर्माणसमेतमा एडीबीले नै ऋण सहायता उपलब्ध गराएको छ ।