देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उखु खेतीबाट एउटै गाउँमा भित्रिन्छ एक करोड

देशान्तर

काठमाडौं । महाभारत ४ उखुडाँडाका कसिान व्यावसायिक उखु खेती गरेर वाषिर्क लाखौं रुपैयाँ आम्दानी गर्छन । तमोर नदीको बगरमा रहेको उखुडाँडामा समतल भूभाग र सिँचाइको अभाव नरहेकाले यहाँका किसानले उखु खेतीबाट लाखौ रुपैयाँ आम्दानी लिन थालेका हुन् ।

पुर्खौदेखि उखु खेती गर्दै आएका उखुडाँडाका मागीश्वर लिम्बुले उखु बिक्रीबाट एकै सिजनमा पाँच लाख रुपैयाँसम्म आम्दानी गर्छन । २१ रोपनी क्षेत्रफलमा लिम्बुले गेमर र पानमारे प्रजातिका उखु लगाएको छ । अन्य खेतीभन्दा बढी आम्दानी दिने र बजारको सहज पहुँच भएकाले उखु खेती सजिलो भएको उनी बताउँछन ।

उनका अनुसार उखु खेतीबाट नगदै आम्दानी हुने भएपछि यहाँका किसानले निर्वाहमुखी खाद्यबाली छाडेर व्यावसायिक रुपमै उखु खेती लगाएका छन् । अन्नपुर्णपोष्टमा  समाचार छ । 

]]>