देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फ्रान्सबाट बेलायत हिडेको डुंगा डुब्दा २७ आप्रवासीको मृत्यु

देशान्तर

एजेन्सी । बेलायत प्रवेश गर्न चाहने आप्रवासी र शरणार्थी चढेको डुंगा इङ्लिस च्यानलमा डुब्दा कम्तिमा २७ जनाको मृत्यु भएको छ । बेलायत र फ्रान्सलाई छुट्याउने समुद्री च्यालनमा उक्त डुंगा डुबेकाले दुई देशले दुर्घटनाका लागि एक अर्कालाई दोष लगाएका छन् ।

एटलान्टिक महासागरको उक्त च्यानलको पानी तुलनात्मक रूपमा शान्त रहेको दिन पारेर फ्रेञ्च किनारबाट आप्रवासी र शरणार्थीहरू खचाखच भरिएको डुंगाबाट बेलायततर्फ हिँडेका थियो ।

एक जना माझीले समुद्रको बीचमा डुंगा खाली र वरपर मान्छेहरू हलचल नगरी तैरिएको देखेपछि उद्धार सेवामा खबर गरेका थिए । त्यसपछि बेलायत र फ्रान्सको संयुक्त उद्धार टोली डुंगा र हेलिकप्टरबाट गएका थिए ।

उद्धार टोलीले दुई जनालाई जीवितै उद्धार गरेको छ भने घटनासँग जोडिएका चार जनालाई फ्रेन्च प्रहरीले पक्राउ गरेको छ । डुबेर मर्नेमध्ये एक जना बेलायती सेनासँग काम गरेका अफगान सैनिक भएको पहिचान भएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठनले इङ्लिस च्यानलमा आप्रवासीहरूको अहिलेसम्मकै ठूलो दूर्घटना भनेको छ ।