देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईसीसी महिला टी–ट्वान्टी विश्वकपमा नेपाल र कुवेत भिड्दै

देशान्तर

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाली महिला क्रिकेट टोलीले आज(बिहीबार) कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । दुवईको आईसीसी क्रिकेट एकेडेमीमा नेपालले विहान सवा ११ बजे कुवेत राष्ट्रिय महिला टीमसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

दोस्रो खेलमा भुटानलाई ८ विकेटले पराजित गरेको नेपालले उच्च मनोबलका साथ सकारात्मक नतिजाका लागि खेल्दैछ । पहिलो खेलमा भने नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो ।

ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपालले कुवेतविरुद्ध जित्नुपर्ने हुन्छ । सन् २०१९ मा भएको एक भेटमा नेपालले कुवेतलाई ३० रनले हराएको थियो ।

यता, कुवेतले भने आफ्ना दुवै खेलमा पराजय भोगेको छ । कुवेतले भुटानसँग ४० रन तथा मलेसियासँग ८१ रनले पराजय भोगेको थियो । छनोटअन्तर्गत युएई लगातार दुई खेल जित्दै चार अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।

एक–एक खेल जितेका नेपाल, मलेसिया, हङकङ र भुटानले समान दुई–दुई अंक जोडेपनि नेट रनरेटका आधारमा नेपाल दोस्रो, मलेसिया तेस्रो, हङकङ चौथो र भुटान पाँचौं स्थानमा छन् ।

प्रतियोगिताको चौथो खेल नेपालले शुक्रबार मलेसियाविरुद्ध र पाँचौं खेल आइतबार युएईविरुद्ध खेल्नेछ । ६ टिम सहभागी प्रतियोगिाको उत्कृष्ट टीमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।