देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अक्षर

देशान्तर

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

अक्षर,
म सानोमा अक्षर चिन्न गाह्रो मान्थेँ
आज म ठुलो भएँ
अक्षर होइन मान्छे चिन्न गाह्रो लाग्छ
मान्छे र अक्षर
अक्षर र मान्छे
मेरा लागि दुवै गाह्रा छन, बाङ्गा र टिङ्गा छन्
नागबेलीजस्तै छन् ।

 

अक्षर,
अक्षर भनेका बीउ हुन्
मान्छेले नै अक्षर रोपेका हुन्
अक्षरबाट अङ्कूर पलायो
तिनै अङ्कूर मान्छेले चिमोटिदियो
बल्लतल्ल अक्षर चिनेको मैले
अँ हँ आजसम्म मान्छे चिन्न सकिनँ
अँ हँ मान्छे चिनेँ अक्षर चिन्न सकिनँ ।

 

अक्षर,
अक्षर थिएन मान्छेको के काम ?
मान्छे थिएन अक्षरको के काम ?
न अक्षरले मान्छे चिनायो
न मान्छेले अक्षर चिनायो
मान्छे र अक्षर
अक्षर र मान्छे
अँ हँ आजसम्म मैले अक्षर र मान्छे चिन्न सकिनँ ।

 

अक्षर,
अक्षर शब्द बनेर हिँड्यो
अक्षरबाट मान्छेले विचार जन्मायो
मान्छेको विचारले दर्शन जन्मियो
तर अँ हँ मैले आजसम्म न अक्षर चिन्न सकेँ न मान्छे
अक्षर र मान्छे
मान्छे र अक्षर
मेरालागि दुवै अपूणर् बने ।