देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फिफा वर्ष खेलाडीको मनोनयन सार्वजनिक

देशान्तर

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हरेक वर्ष प्रदान गर्ने वर्ष खेलाडीको अवार्डका लागि विभिन्न ६ विधाको मनोनयन सार्वजनिक गरेको छ । फिफाले सार्वजनिक गरेको मनोनयनमा यो वर्ष पुरुषतर्फ गतवर्षको विजेता रोबर्ट लेवान्डोस्कीसहित ११ जना परेका छन् ।

मनोनयनमा लेवान्डोस्कीसँगै क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी, करिम बेन्जिमा, केभिन डे ब्रुएन, एर्लिङ हालाण्ड, जर्गिन्हो, एङ्गोलो कान्टे, केलियन एमबाप्पे, नेयमार र मोहम्मद सलाह परेका छन् ।

महिलातर्फ १३ खेलाडी मनोनयनमा परेका छन् । महिला प्रशिक्षकतर्फ ५ जना र पुरुष प्रशिक्षकतर्फ ७ जना मनोनयनमा परेका छन् । फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्नेछ ।

फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गर्ने गर्छ । भोटिङको समय १० डिसेम्वरसम्म रहने छ ।