देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पश्चिमी बुल्गेरियामा बस दुर्घटना, ४६ जनाको मृत्यु

देशान्तर

एजेन्सी । पश्चिमी बुल्गेरियामा बस दुर्घटना हुँदा ४६ जनाको मुत्यु भएको छ ।

राजधानी सोफियाको दक्षिण पश्चिममा रहेको बोस्नेक गाउँ नजिकै गडिरहेको बस अन्यिन्त्रित भएर रेलिङमा ठोक्किएलगत्तै आगलागीसमेत भएको बीबीसीले जनाएको छ । दुर्घटनामा कयौं घाइते भएको बताइएको छ ।

बसमा कति यात्रु सवार थिए भन्ने नखुलेको समाचारमा जनाइएको छ । दुर्घटनामा परेर बालबालिका र महिलासमेत मारिएको समाचारमा उल्लेख छ ।

टर्कीको स्तानबुलतर्फ छुट्टी मनाउन हिँडेका सर्वसाधारण सवार बस दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।