देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसिया छनोटमा नेपालले आज भुटानसँग खेल्दै

देशान्तर

काठमाडौं । पहिलो खेलमा हङकङसँग पराजित नेपाली महिला क्रिकेट टोलीले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा हुने खेल नेपाली समय अनुसार आज दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । पहिलो खेलमा पराजित नेपाल भुटानविरुद्ध पहिलो जितको खोजीमा हुनेछ । सोमबार भएको खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो ।

दक्षिण एसियाली प्रतिद्वन्दी भुटान भने लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । भुटानले पहिलो खेलमा कुवेतलाई ४० रनले हराएको थियो । प्रतियोगितामा ६ टोली रहेका छन् । विजेताले ग्लोबल छनोटमा स्थान बनाउने छ । ग्लोबल छनोटबाट दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपालले बंगलादेशमा एक साताको प्रशिक्षण गरेर कतार पुगेको थियो । घरेलु टोलीसँग भएको तिन टी–ट्वान्टी खेलमा ‘क्लिन स्विप’ गरेपछि नेपाल छनोट खेल्न युएई प्रस्थान गरेको थियो ।