देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अर्थमन्त्रीले गरे, भरतपुर रंगशाला निर्माण सरकारले लिने संकेत

देशान्तर


काठमाडौं-अर्थमन्त्री जनार्दन शर्माले भरतपुरमा निर्माणाधीन रंगशालाको निर्माण कार्यलाई पूणर्ता दिने विषयमा छलफल भइरहेको बताएका छन् ।

चितवनमा सोमवार आयोजित ‘समृद्ध भरतपुरका लागि विकास बहस’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको काम चार महीनादेखि ठप्प रहेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले जनस्तरबाट आर्थिक सहयोग संकलन गरेर निर्माण गरिरहेको उक्त रंगशालाको काम बजेट अभावमा ठप्प रहेको भन्दै फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले केहि दिन अघि मात्र रंगशालाको अपनत्व र अभिभावकत्व ग्रहण गरिदिन सरकारलाई आग्रह गरेका थिए ।

उनले सामाजिक सञ्जालमार्फत आफ्ना कुरा राखेपछि अर्थमन्त्रीले सरकारले रंगशाला निर्माणतर्फ सोच बनाएको बताए ।

नारायणी तटबन्धन, नारायणी करिडोर, भरतपुर विमानस्थलको स्तरोन्नती, राष्ट्रिय निकुञ्ज पुग्ने सडकसहित पूर्वाधार विकासका लागि स्रोतको कमी हुन नदिने पनि बताए ।

साथै उनले भरतपुर महानगरपालिका र माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा सबैले इर्ष्या गर्न लायक विकास भएको बताए । उनले स्वास्थ्य सेवा, शैक्षिक विकास, सामाजिक सेवा, कृषि क्षेत्र, युवा परिचालन, ठूला पूर्वाधारलगायतको क्षेत्रमा भएको विकास देखेर आफूलाई समेत इर्ष्या जागेको बताए ।

‘यो इर्ष्या भनेको सकारात्मक इर्ष्या हो, देशभर सवैले सिक्न लायक विकास हो’, उनले भने, ‘यहाँको विकासले मेची र महाकालीलाई उत्प्रेरित गर्न खोजेको छ ।’