काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।
फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १ सय ६९ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १ सय ६९ औं स्थानमा रहेको थियो ।
नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेका छन ।
भारत १ सय ४ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५७ औं स्थानमा रहेको छ । नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ ।
प्रतिक्रिया