देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मखमली कमल महिला गीत सङ्गीत पुरस्कार प्रधानलाई, नवरत्न पुरस्कारबाट ९ महिला सम्मानित

देशान्तर

काठमाण्डौँ । मखमली कमल महिला गीत सङ्गीत पुरस्कार २०७८ सङ्गीतकार शकुन्तला प्रधानलाई प्रदान गरिएको छ । प्रधानलाई नगद २५ हजार र ताम्रपत्र प्रदान गरिएको छ । कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा शुक्रबार सम्पन्न भएको हो ।

अनेसासले शताब्दी पुरुष सत्यमोहन जोशीलाई मानार्थ सदस्यता संगै ताम्रपत्र सहित सम्मान गरेको छ । सोही कार्यक्रममा अनेसासले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका नौजना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गरेको छ । यसअघि भर्चुअल माध्यमबाट घोषणा गरिएको पुरस्कार अनेसास बोर्ड अफ ट्रष्टिज अध्यक्ष गीता खत्री लगायत अनेसास केन्द्रका पदाधिकारी नेपाल आएको अवसरमा हस्तान्तरण कार्यक्रम आयोजना गरिएको हो ।

समितिले साहित्य तर्फ गंगा लिगल, शारदा पौडेल ’नीशा’, गीता कार्की, शकुन ज्ञवाली र ममता कर्माचार्यलाई सम्मानित गरेको छ । यसैगरी गायनमा सपना श्री, अभिनयमा गौरी मल्ल, पत्रकारितामा विमला भण्डारी र समाजसेवामा विना बर्मालाई पुरस्कृत गरेको छ । प्रत्येक दुईवर्षमा दिइने यो पुरस्कारको राशी नगद दुई सय अमेरिकी डलर र सम्मान–पत्र रहेको छ । कार्यक्रममा अनेसास नेपाल च्याप्टरका सदस्य मधु पाठकले स्वागत मन्तव्य गरेका थिए भने अनेसासका केन्द्रीय सदस्य डा.रेणुका सोलुले कार्यक्रम संचालन गरेकी थिइन् ।

शदाब्दी पुरुष जोशी निवास ललितपुरमा गरिएको उक्त कार्यक्रममा अनेसाका अध्यक्ष सन्ध्या पहारीको अध्यक्षता रहेको थियो । जोशीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा बिओटी अध्यक्ष गीता खत्री, सल्लाहकार प्रा.डा.खगेन्द्र प्रसाद लुइँटेल, समाजसेवी मखमली खड्का, कमल खड्का, बिमला राई, अनेसास सचिव बिमला निरौला, अनेसास पुरस्कार समिती सदस्य दिपा राई पुन, अनेसास सदस्य माया गुरुङ, समाजसेवी बिजय गुरुङ, अनेसास नवरत्न पुरस्कार छनौंट समितिका संयोजक लीला लुइँटेल लगायत नेपाल च्याप्टरका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिती रहेको थियो ।