देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सबै क्लबलले युवा खेलाडीको भरमा ए डिभिजन लिग खेल्दै

देशान्तर

 

 

 

 

 

 

 

 

 

 

काठमाडौं-नेपाली खेलकुदको मेरुदण्ड मानिने सहिद स्मारक ए डिभिजन लिगको नयाँ संस्करण भोलीबाट सुरु हुँदै छ ।
केही क्लबले राष्ट्रिय टोलीका खेलाडीलाई समावेश गर्दै उपाधि लक्ष्य बनाएका छन् भने केही टोली युवा खेलाडीको भरमा ए डिभिजन लिग खेल्दैछन् भने धेरै जसो क्लबको लक्ष्य उपाधि रहेको छ ।
सहिद स्मारक ए डिभिजन लिगको नयाँ संस्करण भोलीबाट सुरु हुँदै छ ।
दिनको पहिलो खेल भोली यसै सिजन बढुवा भएको टोली सातदोबाटो युथ क्लबले फ्रेन्ड्स क्लबसँग खेल्दै लिगको सुरुआत गर्दा नयाँ सिजनको सहिद स्मारक ए डिभिजन लिग पनि आरम्भ हुनेछन् ।
सहभागि सबै जसो क्लबले आफ्नो टोलीमा युवा टोलीको बाहुल्यता रहेको भन्दै युवा खेलाडीको जोशमा नयाँ सिजनको लिग खेल्ने बताएका हुन् ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आयोजना हुने उद्घान खेल फ्लड लाइटमा हुँदै छ । लिग सुरु हुन पूर्व अखिल नेपाल फुटबल संघ एन्फाले लिग हुन पूर्व आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागि सबै क्लबले राम्रो नतिजाका लागि खेल्ने बताएका छन् ।