देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अब सातै प्रदेशमा रेबिजविरुद्धको इम्युनोग्लोबुलिन सुइ दिइने

देशान्तर

काठमाडौँ – सरकारले सातै प्रदेशमा रेबिजविरुद्धको इम्युनोग्लोबुलिन सुइ दिने व्यवस्था सुरु गर्न लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै सातै प्रदेशमा रेबिज विरुद्धको इम्युनोग्लोबुलिन सुइको व्यवस्था गर्न लागिएको जनाइएको छ ।
स्वास्थ्य मन्त्री विरोध खतिवडाले सन् २०३० सम्ममा विश्वमै रेबिजविरुद्ध हुने मानव मृत्यु शुन्यमा झार्ने उद्देश्य पुरा गर्न इम्युनोग्लोबुलिन सुइको व्यवस्था प्रदेशहरुमा पनि गर्न लागिएको जानकारी दिए।

मन्त्री खतिवडाका अनुसार प्रदेश १ को विराटनगरमा रहेको कोशी अस्पताल, प्रदेश २ को धनुषामा रहेको जनकपुर अस्पताल र नारायणी अस्पताल, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा र भरतपुर अस्पताल चितवन, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको लुम्बिनी अस्पताल, कर्णाली प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिको सेती प्रादेशिक अस्पताल धनगढीमा सो सुइको व्यवस्था गर्न लागिएको हो।

ती अस्पतालहरुमा मंसिर ५ गतेदेखि रेबिज विरुद्धको इम्युनोग्लोबुलिन सुइ व्यवस्था गर्न लागिएको हो।