देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जलविद्युत् आयोजनामा विदेशी मुद्रामा भुक्तानी दिइने

देशान्तर

काठमाडौँ । सरकारले जलविद्युत् आयोजनालाई तीव्र रुपमा विकास गर्ने लक्ष्यका साथ वैदेशिक मुद्रामा भुक्तानी प्रक्रिया सहज बनाउने भएको छ । 

सरकारले सार्वजनिक गरेको ‘तत्कालीन सुधार कार्ययोजना–२०७२’मा जलविद्युत् आयोजनामा अमेरिकी डलरमा लगानी गर्न पाउने र सोही मुद्रामा भुक्तानी गर्न दिने योजना समावेश गरिएको छ । 

मुख्य सचिव डा सोमलाल सुवेदीको अध्यक्षतामा नेपाल सरकारका सचिवको बैठकले पारित गरेको सो कार्ययोजनालाई अगाडि बढाउन ऊर्जा मन्त्रालय, नेपाल राष्ट्र बैंक, आयोजना प्रवद्र्धक, नेपाल विद्युत् प्राधिकरणलाई पूर्णरुपमा काम गर्न आवश्यक निर्देशन दिइसकिएको छ । सो कार्य आगामी ६ महिनाभित्र पूरा गर्ने र मुद्रा अपचलन हुन सक्ने अवस्थालाई समेत नियन्त्रण गर्न सकिने विश्वास लिइएको छ । 

जलविद्युत् क्षेत्रमा लगानी गर्न चाहने स्वदेशी तथा विदेशी प्रवद्र्धकले अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता हुनुपर्ने माग राखिरहेको सन्दर्भमा सरकारको पछिल्लो कार्ययोजनाले सहयोग पुग्ने विश्वास लिइएको छ । विगतमा नै अगाडि बढाइएका ‘सुपर सिक्स’ आयोजना, मझौला तथा ठूला आयोजनाले वैदेशिक मुद्रामा कारबोर गर्न पाउनुपर्ने माग सरकारसँग राख्दै आएका थिए । 

]]>