देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ठगी गर्ने पेट्रोल पम्पमा सिलबन्दी

देशान्तर

भक्तपुर। सल्लाघारीस्थित सूर्यविनायक आयल स्टोरमा आज वाणिज्य विभागले सिलबन्दी गरेको छ । 

पम्पबाट वितरण गरेको डिजेलले गाडी नचलेपछि डिजेलमा मिसावट भएको आशङ्कामा वाणिज्य विभागका निर्देशक हरिनारायण बेल्वासेसहितको टोलीले स्टोरको अनुगमन गरी सिलबन्दी गरेको हो । 

डिजेलमा पानीलगायत पदार्थ मिसावट गरेर बिक्री गरेको पाइएपछि वाणिज्य विभागले डिजेल बिक्री वितरण गर्न रोक लगाउँदै पम्पमा सिलबन्दी गरेको हो । 

बिहान डिजेल वितरण गरेलगत्तै गाडीको चल्न बन्द भएपछि डिजेलमा मिसावट भएको पत्ता लागेको थियो । आयल स्टोरले पाँचवटा गाडीमा डिजेल हालेलगत्तै कुनै पनि गाडी नचलेपछि चालकले डिजेल झिकेर हेर्दा धमिलो पानी जस्तो रहेको देखिएको बा३ख ६८३३ नम्बरको बसका चालक सुमन गोजाले बताए  । 

उक्त पम्पमा डिजेल भरेका बा२ख ४१९८ नम्बरको बसका चालक पूर्णबहादुर बजगाईंले चारदिन लाइन बसेर डिजेल हालेलगत्तै बसको इन्जिन नै बिग्रेकाले पम्प सञ्चालकले क्षतिपूर्ति दिनुपर्ने माग गरे । 

महानगरिय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले उक्त पम्पमा आइतबार साँझ ४००० लि डिजेल आएको र आज बिहान ८ बजे वितरण गर्दा मिसावट भएको पाइएपछि वाणिज्य विभागले परीक्षणका लागि डिजेलको नमुना लगेको जानकारी दिए । 

पम्प सञ्चालक मधु प्रधानाङ्गले भने आफूले डिजेलमा मिसावट नगरेको दाबी गरे । 

]]>