देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अन्तर्राष्ट्रिय नेपाल साहित्य समाज डालसमा निर्मला राई

देशान्तर

टेक्सास (अमेरिका) । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डालसमा साहित्यकार निर्मला राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । ११३ औं लक्ष्मी जयन्तीको अवसर पारेर आइतबार नोभेम्बर १४ तारिखमा सम्पन्न समाजनको भेलाले आगामी दुइ वर्षको लागि राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

भेलाले समाजनको उपाध्यक्षमा सुमन कार्की, महासचिवमा भुपेन्द्र न्यौपाने, सचिवनमा पवन लामिछाने, कोषाध्यक्षमा भगवती पौडेल र सह कोषाध्यक्षमा चम्पा पाण्डेलाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा अच्युत रिजाल, कमला अधिकारी, वासु पुष्पा अधिकारी, इन्दिरा रिजाल, इन्दिरा भुषाल, सरु काली र युवराज अर्याल चयन भएका छन् ।

भेलामा प्रमुख अतिथिको रुपमा वरिष्ठ पत्रकार एबं साहित्यकार शैलेश आचार्य, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डालसका आजिवन सदस्यहरु कपिल अधिकारी, भीम कार्की लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा महाकवी लक्ष्मीप्रसाद देवकोटाको सम्झनामा विभिन्न कविता तथा गजलहरु वाचन गरिएको थियो ।