देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तीन कबितालाई पुष्पराज–भूप कुमारी साहित्य पुरस्कार

देशान्तर

टेक्सास (अमेरिका) । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डालसले लक्ष्मी जयन्तीको अवसर पारेर यस वर्षको पुष्पराज भूप कुमारी साहित्य पुरस्कारका बिजेताहरूको नाम घोषणा गरेको छ ।

आइतबार टेक्सासको डालसमा लक्ष्मी जयन्तीको अबसरमा आयोजित एक कार्यक्रमकाबीच पुरस्कृत हुने कविहरुको नाम घोषणा गरिएको हो । पुरस्कृत हुनेहरुमा प्रथम पुरस्कार धुलावारी १० झापाका भुषण हुमागाईं, द्वितीय पुरस्कार देवघाट ५ तनहुँका गोविन्द गोपाल खतिवडा र तृतीय पुरस्कार खोटाङका भुचन्द्र राई रहेका छन् ।

पुरस्कारको राशी क्रमश ३ सय, २ सय र १ सय अमेरिकी डलर तथा प्रमाण पत्र रहेको आयोजक संस्थाले जानकारी दिएको छ । हरेक वर्ष प्रदान गरिने पुष्पराज भूप कुमारी साहित्य पुरस्कारका लागि करिब एक महिना अघि विश्वभरीबाट कविता आह्वान गरिएको थियो । त्यस अनुसार प्राप्त कविताहरु मध्ये उत्कृष्ट तीन कविता छनोट गरिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डालसका निवर्तमान अध्यक्ष कपिल अधिकारीले जानकारी दिए । समाजका संस्थापक अध्यक्ष भीम कार्की र सल्लाहका र विप्लव प्रतिकको निर्णायाक समितिले पुरस्कृत कविता छनोट गरेको हो ।

‘विश्वभरीबाट प्राप्त करिब २ दर्जन कविताहरु मध्येबाट हामीले प्रथम, द्वतीय र तृतीय पुरस्कृत कविताहरुको छनोट गरेका छौं ।’ निर्णायक समतिका संयोजक भीम कार्कीले भने । भुषण हुमागाईंद्वारा रचित प्रथम पुरस्कार प्राप्त कविता ‘महाकविको सम्झना’ शीर्षकमा रहेको छ । यसैगरी गोविन्द गोपाल खतिवडाद्वारा रचित द्वतीय पुरस्कार प्राप्त कविताको शीर्षक ‘देशको सुगन्ध’ रहेको छ ।

तृतीय पुरस्कार प्राप्त कविताको शीर्षक ‘मान्छेलाई प्रश्न’ रहेको छ । पुष्पराज भूपकुमारी साहित्य पुरस्कार टेक्सास निवासी समाजसेवी एवं एनआरएनए अभियन्ता गौरी जोशीले आफ्ना मातापिताको नाममा सन् २०११ मा स्थापना गरेका हुन ।