देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सर्लाहीमा २ वडा सदस्य घुसहित पक्राउ

देशान्तर

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ११ का वडासदस्यद्वय घुससहिच पक्राउ परेका छन् ।

वडा सदस्यद्वय सोनेलाल साह र उमेश रायले ढलका सम्बन्धी काम सम्पन्न भएपछि उपभोक्ता समितिलार्य कार्य सम्पन्न भएको सिफारिस गरिदिए वापत १ लाख ५० हजार घुस रकम माग गरेका थिए ।

अख्तियार अनुसन्धान दुरुपयोग आयोजको कार्यालय बर्दिवासबाट गएको टोलीले साह र रायलाई रकमसहित पक्राउ गरेको हो ।
उनीहरुलाई सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ७ मा रहेको सोनेलाल साहको कृष्ण इन्टरप्राइजेजबाट रकम सहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका छन् ।