देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भागवण्डा नमिल्दा राजदूत नियुक्तिमा ढिलाइ

देशान्तर

काठमाडौं । गत हप्ता जापान तथा बंगलादेशका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई  तथा हरिकुमार श्रेष्ठ आफ्नो ४ बर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किए । रिक्त रहेका ती दूतावासमा उपसचिवद्वय गेहेन्द्र राजभण्डारी र सुशीलकुमार लम्सालले जिम्मेवारी सम्हालेका छन् ।

सन्दर्भ जापान र बंगलादेशको मात्र होइन, अहिले अधिकांश मुलुकका राजदूतको पद रिक्त रहेपछिको अवस्था लगभग उस्तै छ । नेपालले दौत्य सम्बन्ध कायम राखेको जेठो मुलुक बेलायतमा विगत २ वर्षदेखि राजदूत सुरेश चालिसेले अबकाश पाएपछि सो पद अहिलेसम्म रिक्त छ ।  

त्यसैगरी जर्मनी, बहराइन, साउदी अरब, इजिप्टलगायत करिव आधा दर्जनभन्दा बढी मुलुकमा दूतावास पनि लामो समयदेखि उपसचिव, शाखा अधिकृत वा सोसरहका कर्मचारी कार्यबाहक बनेका छन् । डा भट्टराई जापानबाट स्वदेश फर्किएलगत्तै केही दिन त्यहाँ नायब सुब्बा रेवन्तबहादुर केसीले सो जिम्मेवारी सम्हालेका थिए ।

विकसित मुलुकहरुमा राजदूत नियुक्तिको विषय ठूलो र विवादित एजेन्डा बन्दैन तर नेपालमा भने वर्षौअघिदेखि राजवनीतिक विषयबस्तु बन्ने गरेको छ ।  नेपाल समाचार पत्र दैनिकमा समाचार छ । 
 

]]>