देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भवन अभावमा एउटै भवनमा तीन मन्त्रालय

देशान्तर

काठमाडौं । जनसंख्या तथा वातावरण मन्त्रालयले आफूले प्रयोग गर्दै आएको सिंगो तल्ला सहजै उपलब्ध गराएपछि विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाको झण्डा फहराउँदै मन्त्रालय पुग्ने इच्छा पूरा भयो । वातावरणले एक तल्ला दिएपछि सचिव गजेन्द्रकुमार ठाकुर सोमवार दिउँसो १ बजेतिर नायँ मन्त्रालयमा पदबहाली गरे ।

लगत्तै उनले मन्त्री थापाको स्वागत र पदबहालीको चाँजोपाँजो मिलाए । गत विहीवार मन्त्रीको शपथ लिए पनि मन्त्री थापा कुलेश्वरस्थित भाडाकै घरमा दिन बिताइरहेका थिए । सचिव ठाकुर पनि भौतिक पूर्वाधार मन्त्रालयबाट विज्ञानमा सरुवा भएका हुन् । मन्त्री थापा मंगलबार केहीबेर मन्त्रालय आए र ५ मिनेटमै बाहिरिए । बधाई दिन पुगेका एक शुभेच्छुकले मन्त्रालय परिसरमै खादा लगाइदिए र बधाई दिए ।  

विज्ञानमन्त्री र सचिवको कोठा सामान्ज्य छन्, मन्त्री र सचिव नेमप्लेट पनि कागजमा प्रिन्ट गरिएको छ । सहकारी तथा गरिबी निवरण मन्त्रालय पनि सोही भवनमा छ । विगतमा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले प्रयोग गर्दै आएकै भवनमा सहकारी मन्त्रालयका सचिव र सहसचिवहरुलगायत बस्दै आएका छन्। कान्तिपुर दैनिकमा समाचार छ । 

]]>