काठमाडौं – युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का ९ जना बोर्ड सदस्यसँग स्पष्टिकरण माग गरेको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले मन्त्रीस्तरीय निर्णयअनुसार राखेपका ९ जना बोर्ड सदस्यसँग स्पष्टिकरण माग गरेका हुन् ।
मन्त्रालय स्रोतका अनुसार राखेपको बोर्ड बैठक राख्न सदस्यले भूमिका नखेलेको भन्दै स्पष्टिकरण सोधिएको जनाइएको छ । मन्त्री गहतराजले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार राखेपको अध्यक्षको हैसियतमा नियुक्त गरिएका सदस्यसँग स्पष्टिकरण मागेका छन् ।
मन्त्री गहतराजले खेलकुद संघबाट मनोनित भएका रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुवास श्रेष्ठ, सम्पन्न श्रेष्ठ, अर्जुनबहादुर केसी र विज्ञका रुपमा मनोनित इन्दिरा निरौला एवं रिम रानाभाटसँग स्पष्टिकरण माग गरेका हुन् ।
प्रतिक्रिया