देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पर्वत र खोलाको प्रेम कथा

देशान्तर

प्रिय पाठक यसअघि तपाईंले राजा बासुको कथा, जो पछि माथिमाथि विमानमा उड्ने हुनाले उपरिचर बसु कहलाए । उनी सौर्य र वीरताले यशश्वी बनेका थिए । शक्तिमति नदी र कोलाहल पर्वतको कथा पनि थियो । कोलाहल पर्वतले शक्तिमतिसँग शारीरिक संसर्ग गरेर पनि नअघाएर शक्तिमतिलाई बग्न नदिएर बाटो छेकेको पनि पढ्नु भयो । राजा बसुले आएर एक लात्ती हान्दा त्यहाँ एउटा विवर बन्यो । शक्तिमतिले बग्न पाई भन्ने पनि पढ्नु भयो । त्यसको केही समयपछि कोलाहलले संसर्ग गर्दा शक्तिमतिले गर्भधारण गरिन् र उनको गर्भबाट एकै पटक जम्ल्याहा छोरा र छोरीले जन्म लिए ।

मैले के पनि लेखेको थिएँ भने पाण्डव–कौरवको वंशको कथा अझै बाँकी छ । अब त्यो कथा शक्तिमतिले आफ्ना दुवै शिशुलाई राजा बसु समक्ष लगेर कृतज्ञ हुँदै दुवैलाई राजाको काखमा समर्पित गर्दै भनिन्,– ‘हे राजन ! म बग्ने नदीबाट यिनको रेखदेख राम्रो हुन पाउँदैन । त्यसैले यिनलाई म हजुरको पाउमा समर्पित गर्दछु ।’

राजाले पनि त्यो समर्पण प्रसन्न भएर स्वीकार गरे । ती दुवै बच्चा राजाको संरक्षणमा हुर्कंदै गए । युवक र युवती भएपछि राजाले युवकलाई त आफ्नो सेनापति बनाए अनि भर्खरकी ती युवतीलाई आफ्नो रानी बनाए । तिनको नाम उनले गिरिकन्या भएको हुनाले गिरिका भनेर राखे ।

गिरिका अत्यन्त रूपवति थिइन् । राजा उपरिचर बसु तिनमाथि लट्टु भएर मोहित थिए । एकदिन ऋतुमति भएर निवृत्त भएपछि उनी राजासमक्ष पुगिन् र भनिन्, याचनाको स्वरमा– ‘हे स्वामी ममा कामना जागृत भयो । हजुर मसित सहवास गर्नुहोस्, भनी बीर्यदान माग्दछु । हजुर धर्मात्मा मेरो शरीरको कामना पूरा गर्दै गर्भाधान गरिदिनुहोस् । म मातृत्व प्रदान गर्न सकूँ । प्रत्यक स्त्रीको यही इच्छा हुन्छ ।’

राजा गिरिकाको सौन्दर्यले यसै लठ्ठ थिए । उनको याचनाले झन् उनको आनन्दमा घिउ थप्यो । राजा तत्पर भएर आफ्नी रानी गिरिकालाई अन्तः कक्षमा जान भने । गिरिका गएपछि उनी पनि कामनायुक्त भएर आफ्नी रानीलाई अंकमाल गर्दै थिए । प्राकक्रिडा नसकिँदै प्रतिहारीले राजाले उनका पितृहरूले उनीलाई तत्काल मृगया (सिकार) मा जाने आदेश दिएको समाचार सुनायो । राजा धर्मात्मा थिए । उनले पितृहरूको आज्ञालाई स्वीकार गरे ।
राजा बसु रानीलाई ‘फर्किएर तिम्रो कामना पूर्ण गर्नेछु ।’ भनेर सान्त्वना दिई राजा शस्त्रसहित सिकार खेल्न गए ।

वनमा रथमा सवार राजा सिकारका पछि लागेर धेरैबेर उचित जन्तु नपाएपछि थाकेर एकछिन विश्राम गर्छु भनेर रविलाई सघन वनमा एउटा अशोकको वृक्षमुनि, वृक्षकै अडेस लागेर थकाई मार्न थाले ।
त्यसबखत, मध्य वसन्तको ऋतु थियो । सारा वन फूल र मञ्जरीहरूले ढकमक्क थियो । चारैतर्फ लताकुञ्जले घेरिएको त्यस ठाउँमा विशाल वृक्षहरूको शीतल छायाँले राजालाई प्रकृतिको सौन्दर्यको चमत्कार अनुभव गर्न थाले । उनको पसिनाले निथ्रुक्क भएको शरीर मन्द शीतल पवनको स्पर्शले ताजा भयो । उनी आफ्नो शरीरमा पुनः स्फूर्ति अनुभव गर्न थाले । त्यहाँ चारैतिर आँखा डुलाएर प्रकृतिको छटा अवलोकन गर्न थाले ।

कर्णेन्द्रियमा कोइलीको मधुर ध्वनिले आनन्द भयो । चक्षुले फूलेका फूल र मन्द सुवासित तरंगित आम्र मञ्जरीहरूले सन्तोष प्राप्त गरे । नासिकामा विभिन्न प्रकारका सुगन्धित फूलको सुवासले प्रवेश गरेर सुरु दिन थाले । हातगोडाले अपूर्व आनन्दमय विश्राम लिए । आँखा वनको हरियोपन र वन फूलहरूका रंग विरंगका दृश्यले मोहित हुन थाले । उनको समग्र त्वचामा कान्ति भरिएझै भयो । एकबाहेक सम्पूर्ण ज्ञानेन्द्रिय विभोर थिए ।

एकाएक राजाको दृष्टि, सामुन्य अति निकट फुलेको एक अञ्जिली भरिएको कलेजी रंगको फूलमाथि पु¥यायो । एकैछिन अघिसम्म मन्दमन्द हावाको चालमा हाँसिरहेको गाइरहेको र यताबाट उता नृत्य गरेझैं प्रकृतिको तालमा मन्द नाचेझै भएको पुष्पवृष्टिसहित हल्लिन थाल्यो, ताल छाडेर । कारण, एउटा कालो भँमरा आएर त्यसमाथि पहिले उड्यो अनि बस्यो । त्यसपछि भँमरा फूललाई ढुंङन थाल्यो र त्यसको रस चुस्न थाल्यो । फूल त झन् हाँसेजस्तो देखियो । कुनै प्रतिवाद छैन, झर्को छैन, झन् सो पुष्प त अघिभन्दा आनन्दित देखियो, राजालाई ।

त्यस दृश्यले वसन्तले राजालाई पनि आक्रान्त तुल्यायो । उनका सारा इन्द्रिय जागृत भएर आए । उनीलाई ‘पुष्प–बाण’ले वेधिसकेको थियो । त्यसको सबभन्दा उग्र लक्षण के थियो भने, आफ्नी वसन्त ऋतु समान नै रानी गिरिकाको सम्झनाले सताउन थाल्यो । उनको कलकलाउँदो शरीरको सम्झनाले ती धर्मनिष्ठ राजालाई पनि उग्ररूपमा उत्तेजित तुल्यायो । अझैं बढी भनुँ, किनभने, कल्पना होइन प्रमाणित नै भयो ।

वेगवान भएर उत्तेजनाका घोडाहरू दगुर्न थाले । अन्त्यमा चरममा पुग्न आतुर भए । राजालाई लाग्यो, अब उनी रानीको शरीर क्रीडा कामोत्तेजनाको चरममा पुगेर स्खलित हुनै आँटे । तै पनि अरूभन्दा फरक उनको विवेक केही बाँकी थियो, त्यस्तो क्षणमा पनि । ऋतु–स्नाता रानीलाई जानुपर्ने बीर्य खेर जान दिनु भएन भन्ने लाग्यो । तत्काल छेउमा झरेको एक, अपेक्षाकृत ठूलो पात लिएर त्यसलाई बेरबार गरेर दुनाजस्तो बनाए र त्यसैमा बीर्य स्खलन गरे ।
त्यसपछि शान्त भएका राजाले यताउती हेरे । कोही देखिएन । कसैले देखेन, भनेर सन्तोष त माने तर अब पनि कोही नदेखिँदा आफ्नै हातले दुनामा आफ्नो बीर्य समाएका राजाले आकाशतर्फ हेरे । पर माथि एउटा बाज उडिरहेको देखे । उनले अलि उच्च स्वरमा भने –‘हे श्येन, तल ओर्ल ।’

बाजले राजालाई चिन्यो र कावा खाँदै तल ओर्लेर भन्यो –‘हे महा प्रतापी राजन, मलाई के कति कार्यका लागि सम्झेर बोलाउनु भयो ?’ राजाले भने –‘म आफ्नी रानीभन्दा धेरै टाढा छु । यो बीर्य मेरी ऋतुमति रानीलाई लगिदिने कोही भएन र तिमीलाई देखि, सहायताका लागि बोलाएको छु ।’

बाजले भन्यो –‘यस्ता धर्म–प्राण प्रतापी राजाको सेवा गर्ने सौभाग्य प्राप्त गर्नु मेरो लागि अनुपम अवसर हो । मैले हजुरको कसरी सेवा गरुँ आज्ञा होस् ।’ राजाले भने– ‘हे श्येन पंक्षी, तिम्रो ममाथि उपकार हुने छ । तिमी आकाश चार्री जीव हौं । जतिसक्दो छिटो लगेर यो बीर्य–दुना मेरी रानी छेउ पुर्‍याइदेऊ ।

बाजले मस्तक निहुँराउँदै भन्यो, ‘राजन म आकाशमा अरु पंक्षीभन्दा माथि पनि उड्ने क्षमता राख्छु, मेरो गति पनि अत्यन्तै तीव्र छ, हजुरको यो कार्य म सोचेभन्दा चाँडो सम्पन्न गरेर फर्कने छु, ढुक्क हुनुहोस् ।’
यति भनेर बाजले आफ्ना चुच्चाले राजाबाट त्यो दुनो लिएर च्याप्यो र उड्दा दुवै नङ्ग्राबीच सुरक्षित किसिमले च्यापेर, अत्यन्त उचो र तीव्र लय बेगले, दुना नसुक्दै रानी गिरिकालाई सुम्पिदिन्छु भन्ने हेतुले उड्यो ।

माथि आकाशमा सूर्यदेव मध्य आकाशमा थिए । उड्दा उड्दै उसले देख्यो, ऊ त राजाको राज्य नजिकैको आकाशमाथि उडिरहेको रहेछ । बाजले अनुमान गर्‍यो अब आधा घडी पनि बित्दै म रानी अघिल्तिर हुनेछु ।
बाजले आफ्नो गति र उचाइ कम गर्दै लग्यो । पहिले गएर रानीको कौसीमा ओर्लिन्छु र रानीलाई नासो बुझाइदिन्छु रानी कति खुसी होलिन् यो सोचेर आनन्दित भयो ।