देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस डडेल्धुरा : पुनः वडा अधिवेशन नगरिए मंसिर १ देखि केन्द्रीय कार्यालयमा अनसन

देशान्तर

काठमाडाैं । क्रियाशील सदस्यता विवाद समाधान गरी जिल्लामा पुनः वडा अधिवेशन गर्न डडेल्धुराका जिल्ला सभापति कर्णबहादुर मल्लले आग्रह गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यता विवाद समाधान गरी पुनः वडा अधिवेशन गर्न आग्रह गरेका हुन् ।

नेपाली कांग्रेस डडेल्धुरा जिल्ला समितिले आफ्नो जिल्लामा दोहो-याएर वडा अधिवेशन नगरिए पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा धर्ना र अनशन थालिने घोषणा गरेको छ । आज पार्टीको केन्द्रीय कार्यालयमै पत्रकार सम्मेलन गरी कांग्रेस डडेल्धुराले आफ्नो असहमति हुँदाहुँदै जिल्लामा संस्थापन पक्षले एकलौटी रूपमा वडा र पालिका अधिवेशन गरेको आरोप लगाएको हो ।

राज्य शक्ति र सत्ताको दुरुपयोग गर्दै स्वयं केन्द्रीय सभापति शेरबहादुर देउवाको हस्तक्षेपमा अधिवेशन भएको भन्दै आफूहरुका लागि मान्य नहुने विज्ञप्तिमा उल्लेख छ । आफूहरुको माग सम्बोधन नभएको भन्दै केन्द्रीय समिति बैठकमार्फत सुनुवाई गर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

माग सम्बोधन नभए मंसिर १ गतेबाट केन्द्रीय कार्यालय सानेपामा अनसनको कार्यक्रम अगाडि बढाउने चेतावनी दिइएको छ । ‘निर्वाचन समितिले डडेल्धुराको वडा र पालिका अधिवेशनलाई आधिकारिकता दिएको हो भने हामीलाई लिखित जानकारी दिनुपर्छ’, कांग्रेस डडेल्धुराका सभापति मल्लले भने, ‘समितिले ७६ जिल्लामा कुन ढंगले अधिवेशन गर्दै छ र डडेल्धुरामा कसरी गर्यो, यस्तो विभेद गर्न पाउँछ ? अरू जिल्लामा जिल्ला कार्यसमितिको सहमतिमा गर्ने, डडेल्धुरामा सहमति नगर्ने भन्ने हुन्छ ?’