देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिपीको सालिक तोडफोड

देशान्तर

बारा । कलैया–६ स्थित बिपीस्मृति भवन नेपाली काँग्रेस पार्टी कार्यालयमा रहेको स्वर्गीय बिपी कोइरालाको सालिकलाई मधेसी मोर्चाका कार्यकर्ताले आज तोडफोड गर्नुका साथै पेट्रोलबम प्रहार गरी पार्टी कार्यालयमा आगजनी गरेका छन् ।

संयुक्त मधेसी मोर्चाको आह्वानमा आज जिल्लाको विभिन्न गाविसबाट लाठी, भाला, तरबार र फर्चासहित कैलैयास्थित त्रिचन्द्र उमाविमा भेला भई निस्केको लाठी जुलुसले कलैया नगर परिक्रमा गरी भरतचोकमा कोणसभा गरेको थियो ।
 
सोही जुलुसको अर्को समूहले नेपाली काँग्रेस पार्टी कार्यालय तोडफोड गर्नुका साथै कलैया–५ स्थित नेकपा एमाले पार्टी कार्यालय तोडफोड गर्न गएका समूहमाथि प्रहरीले अश्रुग्यास र हवाइ फायरसमेत गरेको थियो । क्षतिको यकिन हुन सकेको छैन ।

]]>