देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दश दिनमा मधेशको समस्या समाधान हुन्छ– प्रधानमन्त्री

देशान्तर

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसको समस्या दश दिनमा समाधान हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले समस्या समाधानका लागि मधेसी मोर्चासँग औपचारिक÷अनौपचारिक वार्ता भइरहेको उल्लेख गरे ।

नेपाली जनताको इच्छा, आवश्यकतालाई ध्यानमा राखी फराकिलो सोच एवम् उदारताका साथ सरकार वार्तामा अगाडि बढेको प्रशङ्ग उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले चाँडै मुलुक सहज अवस्थामा पुग्ने विश्वास व्यक्त गरे ।

उनले आपूर्तिलाई सहज बनाउन सरकार अग्रसर रहेको र सीमामा देखिएका समस्या केही दिनमै समाधान हुने बताए ।

कालोबजारीका सन्दर्भमा पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले कालोबजारी नियन्त्रण नभए केही दिनमै जिम्मेवार पदाधिकारी कारबाहीमा पर्ने जानकारी गराए ।
 
प्रधानमन्त्रीसमक्ष सोही अवसरमा भारतको अररिया बस्ने सुनील बेगवानी र उनकी आमाले आफ्नी छोरी अनु कोचरको छ दिनअघि विराटनगरस्थित घरमा मृत्यु भएको विषयमा अनुसन्धानको माग राखी ज्ञापनपत्र बुझाएका थिए ।
  
विष सेवनका कारण मृत्यु भएको भनिएको तर उहाँहरुले छोरीले आत्महत्या नगरेको दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीले यस विषयमा विस्तृत रुपमा स्थानीय प्रशासनबाट जानकारी लिने आश्वासन दिए ।

]]>