देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नबिल बैंकका ग्राहकलाई दराजको क्यासब्याक अफर

देशान्तर

काठमाडौं–नबिल बैंकले दराज (अनलाइन बजार) को ११ः११ को अवसरमा ग्राहकको लागि सुनौलो अफर ल्याएको छ ।

उक्त अफर अन्तर्गत नबिल बैंकका ग्राहकले डेबिट कार्ड मार्फत १५ प्रतिशत छुट वा अधिकतम ३ हजार रुपैयाँ क्यासब्याक र क्रेडिट कार्ड मार्फत १५ प्रतिशत छुट वा अधिकतम ३ हजार ५०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

दराजसँगको साझेदरीमा बैंकले कात्र्तिक २५ गतेदेखि मंसिर ३ गते ९तदनुसार ई.सं. ११ नोभेम्बर २०२१ देखि १९ नोभेम्बर २०२१० सम्म सो मात्राको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
उक्त अवसर शुरु हुन केही दिन मात्र रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोली ग्राहकले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याक अफरको लाभ लिनेछन् ।

बैंकले हाल १३५ शाखा, १८५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ ।