देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नाकाबन्दीका कारण बीस हजार उद्योगधन्दा बन्द

देशान्तर

काठमाडौं । भारतको अघोषित नाकाबन्दीका कारण पछिल्लो समय नेपालमा साना ठूला गरी २० हजार उद्योगधन्दा बन्द भएका छन् ।

आज ललितपुर उद्योग वाणिज्य सङ्घको ३६औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष पशुपति मुरारकाले नाकाबन्दीको कारणले बन्द रहे पनि सञ्चालकहरुले बैँकलाई ब्याज तिर्नुपरेको हुँदा समस्या परेकोप्रति दुःख व्यक्त गरे । “बन्दले सबैभन्दा ठूलो मार उद्योधन्दालाई परेको छ, समस्या समाधानका लागि सरकाले सक्दो छिटो पहल गर्नुपर्छ” उनले भने ।
 
वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ललितपुर उद्योग वाणिज्य सङघका अध्यक्ष अजरमान जोशीले गत असार मसान्तसम्ममा ३९७ उद्योग दर्ता भएको जानकारी गराउँदै उनले भूकम्पका कारण दर्ताको तयारीमा रहेका धेरै सङघ संस्था दर्ता नभएको जानकारी गराए । देशको समग्र आर्थिक क्षेत्रको विकासका लागि निजीस्तरको आर्थिक अवस्था बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा सङघका उत्कृष्ट कर्मचारी र राम्रो लगानीकर्तालाई पुरस्कृत समेत गरिएको थियो । सांसद चन्द्र महर्जन, उदय शमशेर जबराले निजी क्षेत्रको आर्थिक सवल हुन सकेमा सर्वसाधारणलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । भोलि ललितपुर उद्योग वाणिज्य सङघको नयाँ कार्य समितिका लागि निर्वाचन हुने भएको छ ।

 

]]>