काठमाडौँ – छिमेकी मुलुक भारतको महाराष्ट्र प्रदेशको अहमदनगर जिल्लास्थित एक सिभिल अस्पतालमा आगलागी हुँदा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यसैगरी ७ जना घाइते भएका छन् । जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
अस्पतालको भुइँ तलामा रहेको आइसियुमा आगलागी भएको थियो । उक्त आइसियुमा १७ जना बिरामी भर्ना भएका थिए ।
विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अस्पतालले जनाएको छ ।
आगलागी भएको खबर पाउँदा बित्तिकै दमकल समयमै आई आगो नियन्त्रणमा लिएको थियो ।
महाराष्ट्रका पूर्व मुख्यमन्त्री तथा भारतीय जनता पार्टीका नेता देवेन्द्र फडणवीसले घटनाको गहिरो तरिकाले अध्ययन गर्नुपर्ने र दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।
प्रतिक्रिया