देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नयाँ मन्त्रीहरुले बस्ने बासै पाएनन्

देशान्तर

काठमाडौं ।  संवैधानिक व्यवस्थाविपरीत सरकारले मन्त्रालय विभाजन गरेर मन्त्रीहरुको संख्या थपेपछि मन्त्रीहरुले बास नै नपाउने अवस्था बनेको छ।  संविधानमा २५ वटासम्म बढी मन्त्रालय बनाउन नहुने व्यवस्था भएपनि केपी शर्मा ओली नेतृत्वको सरकारले भने मन्त्रालय टुक्राउँदै सहायकमन्त्रीसमेत गरी ४० सदस्यीय मन्त्रिमण्डल बनाएको छ।

सरकारको ललिपुर पुल्चोकमा १९ वटा क्वाटर रहेपनि सवैमन्त्रीहरु बस्न नसक्ने भएपछि उनीहरु भाडाको घरमा बस्न थालेका छन्। सबै क्वाटरमा मन्त्रीहरु बसेपछि सरकारले पछिल्लो दुई चरण विस्तार गर्ने क्रममा भएका मन्त्रीहरु क्वाटर पाउनवाट बञ्चित भएका छन्।  

मन्त्रीहरुलाई आवासको व्यवस्था शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत भवन निर्माण सम्भार डिभिजन कार्यालयले गर्दै आएको छ।  नेपाल समाचार पत्र दैनिकमा समाचार छ । 

]]>