काठमाण्डौ – जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप–२६ मा कोइला विस्थापनबारे १९० देश र संस्थाले सहमति गरेका छन् ।
पोल्यान्ड, भियतनामलगायत कोइला प्रयोग गर्ने मुख्य देशसहित १९० देश तथा संस्थाले कोइला प्रयोग रोक्ने प्रतिबद्धता जनाएको बेलायत सरकारले जनाएको छ । तर प्रतिबद्धतामा कोइलाका प्रमुख प्रयोगकर्ता अस्ट्रेलिया, भारत, चीन र अमेरिकाले हस्ताक्षर गरेका छैनन् ।
जलवायु परिवर्तनका लागि कोइला प्रमुख कारक तत्त्व हो । सहमतिमा हस्ताक्षर गरेका देशहरुले अन्तर्राष्ट्रिय र राष्ट्रिय बजारमा कोइला प्रयोग हुने ऊर्जा उत्पादनमा हुने सबै किसिमका लगानी अन्त्य गर्ने प्रतिबद्धता गरेका बीबीसीले जनाएको छ ।
उनीहरूले सन् २०३० को दशकमा धनी देशमा र सन् २०४० को दशकमा गरिब मानिएका देशमा कोइला ऊर्जालाई विस्थापित गर्न सहमति जनाएका हुन् । चीन र अन्य प्रमुख प्रयोगकर्ता देशलाई सहमति गर्नबाट उन्मुक्ति दिएको भन्दै विज्ञले आलोचना गरेका छन्
प्रतिक्रिया