देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नक्कली मदिरा बनाउने तीनजना पक्राउ

देशान्तर

काठमाडौं । नक्कली मदिरा बनाउने कार्यमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीद्वारा लहानबाट पक्राउ गरिएका तीन जनालाई आवश्यक कारबाहीका लागि राजस्व विभागमा पठाएको छ । 

इलाका प्रहरी कार्यालय लहानको टोलीले नक्कली मदिरा बनाउने कार्यमा संलग्न रहेको आरोपमा सिरहाको बल्ही– ७ निवासी रामगणेश यादव, खरुकियाही– ४ निवासी उमेश शर्मा र लहान नगरपालिका– १२ निवासी बचन साहलाई हिजो साँझ पक्राउ गरेको हो । 

उनीहरूले नक्कली केमिकल हालेर रुसलान भोड्का, रोयल स्टाग, सिग्नेचरलगायतको खाली बोतलमा नक्कली रक्सी प्याक गरी आन्तरिक राजस्व कार्यालयको स्टिकरसमेत टांँसेर बिक्री वितरण गर्ने गरेको सूचनाको आधारमा पक्राउ गरी आवश्यक कारबाहीका लागि राजस्व विभाग पठाइएको इलाका प्रहरी कार्यालय लहानले जानारी दिएको छ ।  

उनीहरुबाट विभिन्न नक्कली ब्रान्डमा भरिएको मदिरा ७१ बोत्तल, मदिराका खाली बोत्तल ३०० थानगरी ३७१ थान मदिराका बोतल, विभिन्न ब्रान्डका मदिराको ५० थान स्टिकर, विभिन्न ब्रान्डका मदिराको २०० थान बिर्को बरामद गरिएको प्रहरी कार्यलयले बताएको छ ।  

अठार लाखको अवैध सहमानसहित तीन पक्राउ

मधेस केन्द्रित दलको बन्द, हडताल र नाकाबन्दीले वैध व्यापारलाई अवरुद्ध गरेपछि सीमाक्षेत्रमा अवैध व्यपार फस्टाउँदै गएको छ । 
आन्दोलनका कारण सीमाक्षेत्रमा सुरक्षा सतर्कता कम भएपछि भन्सार छली गरेका समान नेपाल भित्रिने क्रम बढेको हो । 

यसै क्रममा आज बिहान वीरगन्जबाट काठमाडाँैतर्फ लैजान लागेकोे करिब रु तीन लाख मूल्य बराबरको कपडासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

रक्सौलबाट वीरगन्ज भित्र्याइएको कुर्ता सुरुवाल, सटिङसुटिङको कपडा राखी लैजाने क्रममा प्रहरीले कारबाही गर्दा २०० पिस कुर्ता सुरुवाल र सटिङसुटिङ थान कपडासहित सुमो चालक काठमाडाँै ललितपुर थैवा निवासी नवीन कुवँर, छपकैया २ निवासी महम्द फिरोज र महम्द अनवरलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । 

त्यसै वीरगन्जको विभिन्न स्थानबाट एक साताभित्र प्रहरीले रु १५ लाख मूल्य बराबरको केबुलवायर, कपडा, सुर्ती, जुत्ताचप्पल, खाद्यान्नलगायतका विभिन्न वस्तु बरामद गरेको वडा प्रहरी कार्यालय विर्ताले जनाएको छ । 

बरामद गरिएको समान र पक्राउ गरिएका व्यक्तिलाई बाहनसहित आवश्यक कारबाहीका लागि आजै राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउने तयारी भएको प्रहरीले जनाएको छ ।

]]>