देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौंका अधिकांश मासु पसल मानवस्वास्थ्यमैत्री छैनन्

देशान्तर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले केही मासु पसलमा गरेको अनुगमनमा अधिकांश पसल मानवस्वास्थ्य मैत्री नभेटिएको ठहर गरेको छ ।

आज कामपाले बानेश्वर र अनामनगरको केही मासु पसलमा अनुगमन गरेको थियो । सोही क्रममा नियमित रुपमा अनुगमन गर्दासमेत सुधारमा कुनै किसिमको गुणात्मक परिणाम नदेखिएको महानगरपालिकाअन्तर्गत जनस्वाश्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले बताए ।

व्यावसायिक र महानगरीय मापदण्डको आधारभूत पक्षका रुपमा रहेको विषयको व्यापारीले ख्याल नगरेसम्म स्वास्थ्यकर मासु उत्पादन हुन नसक्ने बताउँदै उत्पादक र व्यापारी बीचको छलछामले उपभोक्ताको स्वास्थ्यमा असर पर्ने हुँदा यसो नगर्न प्रमुख श्रष्ठले व्यापारीलाई आग्रह गरे । 

अनुगमनका क्रममा पंक्षी बध गर्ने र मासु बेच्ने स्थान एउटै, मासु छोप्नका लागि जालीको प्रयोग नगर्नु, मासु काट्ने हतियार खिया लागेको हुनु, बेच्ने व्यक्तिले एप्रोनको प्रयोग नगर्नुजस्ता समस्या भेटिएको कामपाले बताएको छ । 

अनुगमनकै क्रममा स्वास्थ्यकर्मीले एक दिनमा बढीमा १५० ग्रामसम्म मासु खान राम्रो हुने भन्दै जुनसुकै खाद्य वस्तुको प्रयोग गर्दा त्यसमा भएका गुण र प्रयोग गर्ने मानिसको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न जरुरी हुने बताएका थिए । अब हरेक दिन खाद्यवस्तुको अनुगमन गर्ने पनि कामपाले बताएको छ । आज आठवटा मासु पसलमा अनुगमन गरेको थियो ।

]]>