देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बीरगन्ज कारागारका बन्दीहरुलाई राहत

देशान्तर

वीरगन्ज । वीरगन्ज कारागारका कैदीवन्दीहरु त्यहा कार्यरत सई जयराम यादवलाई जिल्ला प्रहरी कार्यालय पर्साले फिर्ता बोलाएपछि राहत महसुस गरेका छन । जितपुर बारा ठेगाना भएकी विगत १० बर्षदेखि वीरगन्ज कारागारमा जीवन बिताईरहेकी हरकेशरीया देवीका अनुसार सरुवा भएका जयराम यादवको व्यवहारको कारण हिजो आईतवार दिनभरी कारागारको वातावरण तनावग्रस्त भएको थियो।

आफन्तहरु भेटन आउदा जेल अगाडि पसल राखेका दीपेन्द्र साहको मिलीभगतमा सई यादवले फोटोकपी मेशिन राख्न लगाएका थिए । एउटा फोटोकपीको रु.१० र लाईन नभएको बखत रु.१५ तिर्नुपर्ने र मोबाईल राखेवापत रु२५ अनिवार्य पसलेलाई बुझाउनुपर्ने नियम सई यादवले बनाएर पसले सित कमिशन खाने गरेको १० बर्ष देखि लागु औषध मुद्दामा कैद सजाय भुक्तान गरिरहेका मिस्टर जिना मियां अंसारीले बताए ।

बिरुवागुठी घर भएका र हाल कैदी जिवन विताईरहेका राकेश श्रेष्ठले जेलका नाईके शेख शफी उर्फ चाचाले सवै कैदीहरुको राम्रो ख्याल राख्ने गरेको चर्चा गर्दै आफुहरुलाई भेटन आउने आफन्तसंग दुव्र्यवहार गर्ने गरेको र चाचा विरुद्ध षडयन्त्र गरेकोले हिजो सबै कैदीहरु मिलेर सई विरुद्ध नारावाजी गरेको आरोप लगाए । तनहु घर भएका वितग ८ बर्ष देखि कैद भुक्तान गरी रहेका किसान गुरुंगले चाचाले कारागार भित्र सवै कैदीहरुको हकहित संरक्षण गर्ने गरेको, कैदीहरुलाई आवश्यक पर्दा ऋण सापटी पनि दिने गरेको बताए ।

वीरगन्ज नगवा घर भएका विगत १० बर्षदेखि लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका नितेश शाहीले सई जयरामले चाचालाई यहाबाट सरुवा गराउन षडयन्त्र गरेको, चाचाको पहलमा यहा स्कुल संचालन भएको र बन्दीहरुलाई मनोरन्जनको पनि व्यवस्था मिलाईएको बताए । ४५ दिनपछि जेलबाट रिहा हुने शेख सफी विरुद्ध यहा“ व्यापक राजनीति भईरहेको आरोप लगाउदै शाहीले नाईकेको रुपमा चाचाले सबैको राम्रो ख्याल राख्ने गरेकोले उनि विरुद्ध षडयन्त्र भएमा कैदीहरु सहेर नबस्ने उदघोष गरे ।

अर्का बन्दी लालचन साह तुरहाले शेख सफी विरुद्ध सई जयराम यादवले षडयन्त्र गरेर प्रोपोगण्डा गरेको आरोप लगाए । महिला बन्दी शुशीला अधिकारीले सई जयराम यादवलाई हामीले नमस्कार गर्दापनि गाली  दिने गरेको र यहाँको वातावरण विगारेको आरोप लगाईन । सई यादवको सरुवापछि यहाको स्थिति सामान्य भएको उनको कथन थियो ।

]]>