देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश १ का मुख्यमन्त्री आचार्यले विश्वासको मत लिदै, गठबन्धनले विपक्षमा मतदान गर्ने

देशान्तर

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिदैछन् । विश्वासको मत परिणाम मुख्यमन्त्री आचार्यको विपक्षमा आउने निश्चित प्राय बनेको छ ।

राजनीतिक परिस्थितिमा कुनै उलटफेर नभएमा अविश्वासको प्रस्तावमा मतदान भएर आचार्यले मुख्यमन्त्री गुमाउने छन् । आइतबार बसेको विपक्षि गठबन्धनको वैठकले आचार्यलाई विश्वासको मत नदिने निधो गरेको छ । गठबन्धनले मुख्यमन्त्रीमा नेकपा एसका राजेन्द्र राईलाई अगाडि सारेको छ ।

विपक्षी गठबन्धनको बैठकमा सबैभन्दा ठुलो दल कांग्रेसले सहयोग गर्ने प्रतिवद्धता जनाएसँगै राईको सत्तारोहण निश्चित प्राय देखिन्छ । नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले गठबन्धनले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र राजेन्द्र राईलाई नयाँ मूख्यमन्त्री बनाउने निर्णय गरेको बताए ।

प्रदेश १ का ९२ सांसदमा सत्ताधारी एमालेका ४१ सांसद छन् । विश्वासको मत लिन मुख्यमन्त्री आचार्यलाई ६ मत अपुग छ । विपक्षी गठबन्धनसँग ५० सांसद छन । उनीहरुमा नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एस) का १०, जसपाका ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मन्चका १ हुन् । एक सिट भएको राप्रपाले भने सत्ताधारी र विपक्षी कुन कित्तामा हुने भन्ने औपचारिक निर्णय गरेको छैन ।

गण्डकी र वागमतीपछि प्रदेश १ मा पनि एमाले नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ । गत कात्तिक ७ मै मुख्यमन्त्री आचार्यले विश्वासको मत समना गर्ने मिति तोकिएको थियो । तर, सोही दिन नेपाली कांग्रेसले निवेदन दिएर बैठक स्थगत गर्न माग गर्दै प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गरेको थियो ।

केही कांग्रेस सांसदहरुले आचार्यलाई भोट दिने हल्लाका बिच पत्र दर्ता भएको थियो । औपचारिक रुपमा भने पत्रमा कांग्रेसले आफ्ना सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा बाढि–पहिरो पीडित हेर्न आउने भएको कारण देखाएको थियो ।

कांग्रेसको पत्रलगत्तै एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभन्डारीले समेत पत्र लेखेर थप स्थगनको माग गरेका थिए । दुवै पक्षको पत्र लिएर सभामुख प्रदीपकुमार भण्डारीले सदन कात्तिक १४ सम्म स्थगन गरेका थिए ।