देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महोत्तरीमा अत्याधिक चिसोबाट तीनजनाको मृत्यु

देशान्तर

गौशाला। अत्यधिक चिसोका कारण महोत्तरीको हलखोरी गाविसमा एक सातामा तीन जनाको मृत्यु भएको छ । 

हलखोरी गाविस–२ का ५० वर्षीय गफुर अन्सारी, वडा नं ५ का ६० वर्षीय रामनन्दन यादव र वडा नं ४ का ३५ वर्षीय उपेन्द्र मण्डलको मृत्यु भएको हो । 

जिल्लामा केही दिनदेखि लगातार बढ्दै गएको बाक्लो हुस्सु, शीतलहर र चिसो हावाका कारण तिनको मृत्यु भएको स्थानीयवासीहरुले बताएका छन् ।

]]>