देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फेसबुकको नयाँ नाम ‘मेटा’

देशान्तर

सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेर मेटा बनाएको छ । नयाँ नामले आफूले गर्ने गरेको कामलाई विस्तृतमा समेट्ने फेसबुकका प्रमुख मार्क जुकरबर्गले बताएका छन् ।

कम्पनीले बिहीबार क्यालिफोर्नियास्थित मेन्लो पार्कको मुख्यालयमा नयाँ लोगो पनि सार्वजनिक गरेको छ । कम्पनीले सामाजिक सञ्जालभन्दा बढी भर्चुअल रियालिटीजस्ता क्षेत्रमा आफूलाई विस्तार गर्ने योजना अनुसार नयाँ नाम राखेको हो ।

जुकरबर्गका अनुसार माउ कम्पनीको नाम परिवर्तन भएपछि फेसबुक, इन्स्टाग्राम वा ह्वाट्सयापजस्ता कुनै एउटा प्लेटफर्मको नाम फेरिने छैन । नयाँ नामले समयसँगै प्रयोगकर्ताले कम्पनीका अन्य सुविधा प्रयोग गर्न फेसबुक प्रयोग गर्नु नपर्ने उनको भनाइ छ ।

जुकरबर्गले मेटाभर्स बनाउने योजनाहरू सार्वजनिक गर्दै कम्पनीको नयाँ नाम घोषणा गरेका हुन् । मेटाभर्स मानिसहरूले भीआर हेडसेटको प्रयोग गरेर काम गर्न, खेल खेल्न वा सञ्चारका लागि प्रयोग गर्न सक्ने अनलाइन दुनियाँ हो ।

सन् २०१५ मा अर्को ठूलो प्रविधि कम्पनी गुगलले पनि आफ्नो माउ कम्पनीको नाम परिवर्तन गरेर अल्फाबेट बनाएको थियो ।