देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरियाले निर्माण गरेको मुगु अस्पताल हस्तान्तरण

देशान्तर

जिल्ला अस्पताल मुगुको भवन हस्तान्तरण गरिएको छ । दक्षिण कोरिया सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको जिल्ला अस्पतालको आधुनिक भवन मंगलबार हस्तान्तरण गरिएको हो । नेपालका लागि कोरियाका राजदूत पार्कचोङको उपस्थितिमा भवन उद्घाटन गर्दै हस्तान्तरण गरिएको हो ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले भर्चुअलरुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, कोइकाका सुनहोन को का साथै सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

२५ कराेड बढीमा निर्माण गरिएको भवनमा ५० बेड थप गरिएको छ । मुगुका जनतालाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्नका लागि युनिसेफसँगको सहकार्यमा कोइकाले अघि बढाएको हो । कार्यक्रममा मन्त्री क्षेत्रीले सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए ।


राजदूत सुकले मुगुका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि कोरियाले सहयोग गरेको बताए । साथै उनले नेपालको विकास निर्माणमा सहयोग गर्न कोरिया सरकार सधैं तयार रहेको पनि प्रतिबद्धता जनाएको छ ।

कोरियाले लामोसमयदेखि नेपालमा सहयोग गर्दै आएको छ । कोरोना महामारीका बेलामा पनि कोरियाले अक्सिजन कन्सेनटेटर, पीसीआर टेस्ट किट्स लगाएतका सामाग्री सहयोग गरेका थियो । कोरियाले सन् १९९१ देखि स्वाथ्य, शिक्षाका साथै आईटी र ग्रामिण विकासमा सहयोग गर्दै आएको छ ।