देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौंका आठ स्थानीय तहमा एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाइँदै

देशान्तर

आजदेखि काठमाडौका आठ स्थानीय तहमा एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाइने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार आजदेखि कार्तिक ११ गतेसम्म तिन दिनका लागि कीर्तिपुर, चन्द्रागिरी, नागार्जुन, कागेश्वरी, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिकामा दोस्रो मात्रा खोप लगाइनेछ ।

पहिलो डोज एस्ट्राजेनेका लगाएका ब्यक्तिहरुले दोश्रो मात्रा लगाउन पाउने भएका हुन् । काठमाडौ महानगरपालिकामा भने भोली देखि खोप लगाइने छ ।

वीर, परोपकार प्रसूती तथा स्त्री रोग, वीरेन्द्र सैनिक र निजामती अस्पतालमा दुई दिनसम्म खोप कार्यक्रम सञ्चालन हुने सूचनामा उल्लेख छ ।