देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

८ जना पूर्वराजदूतसँग ५६ लाख असुल्न अख्तियारको निर्देशन

देशान्तर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको समय अवधिभन्दा बढी बसी तलबभत्ता बुझ्ने ८ जना पूर्वराजदूतसँग ५६ लाख रुपैयाँभन्दा बढी असुल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ। अख्तियारको मंगलबार बसेको बैठकले परराष्ट्रको पूर्व स्वीकृति नलिई तोकोको समयभन्दा बढी समय बस्ने पूवराजदूतसँग त्यो बराबरको तलबभत्ता असुल गर्ने निर्णय गरेको हो।

अख्तियारले पूर्वराजदूतहरु शंकर शर्मा, सुरेशचन्द्र चालिसे, भोजराज घिमिरे, प्रद्मुम्नविक्रम शाह, मधुवन पौडेल, अरुण धिताल, मोहनकृष्ण श्रेष्ठ र सुशीलचन्द्र अमात्यसँग तोकिएको समयभन्दा बढी रहँदा राज्यकोषबाट बुझेको रकम असुल गर्न प्रधानमन्त्री कार्यालय र परराष्ट्रलाई भनेको हो।

पूर्वराजदूतहरुले बिना स्वीकृति तोकिएको समयभन्दा बढी बसेर सरकारलाई हानी नोक्सानी पुर्यारएको ठहर गरेको छ।

नेपाली दूतावास तथा नियोगमा कार्यरत राजदूत एवं पदाधिकारी अधिकारप्राप्त अधिकारी र निकायको स्वीकृति नलिई आफूखुसी तोकिएको कार्यकालभन्दा बढी बसी तलबभत्ता र सुविधा अनियमित तरिकाले लिई नेपाल सरकारलाई हानीनोक्सानी पुर्या्एको सम्बन्धमा अख्तियारले बुधबार गरेको निर्णयमा भनिएको छ, ‘प्रचलित कानुनबमोजिम पदाधिकारीबाट नियमानुसार असुलउपर जो जसो गर्नुपर्ने हो, सोबारे उपयुक्त निर्णय गर्ने।’ अख्तियारले कारबाहीका लागि सिफारिस गरेका शर्मा अमेरिका, चालिसे बेलायत, घिमिरे क्यानडा, शाह ब्राजिल, पौडेल कुवेत, धिताल दक्षिण अफ्रिका, श्रेष्ठ फ्रान्स र अमात्य श्रीलंकाका लागि राजदूत हुँदा सरकारले तोकेको समय अवधिभन्दा बढी रहेर राज्यकोषबाट तलबभत्ता बुझेका थिए।  नागरिक दैनिकमा समाचार छ । 

]]>