देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस केन्द्रीय समिति बैठक आइतवार

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय  समितिको बैठक आइतवार बस्ने भएको छ । आजका लागि बोलाइएको बैठक संसद कांग्रेस संविधान संसोधनका बिषयमा पुरक संसोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेकाले केन्द्रित समितिको बैठक आइतबारसम्मलाई सरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले एक सूचना जारी गर्दै विशेष कारणबस पुस २४ गते शुक्रबारका लागि तय भएको बैठक पुस २६ गते आइतबारलाई सारिएको बताएका छन् । बैठक आइतबार दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय बीपी भवनमा बस्नेछ ।

बैठकमा पार्टीको आशन्न १३ औँ महाधिवेशन र देशको पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल हुने कार्यक्रम रहेको तिवारीले बताए । बैठकमा महाधिवेशन सम्पन्न गर्न गठित पार्टीका विभिन्न समितिका कार्यप्रगतिबारेसमेत छलफल हुनेछ ।

]]>