देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एकताले मात्रै संविधान कार्यान्वयन सम्भवः नेता सिटौला

देशान्तर

म्याग्दी। नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रिय एकताले मात्रै नयाँ संविधानको कार्यान्वयन सम्भव रहेको बताएका छन् । 

प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार भेटमा उनले मुख्य दलहरुबीचको सहकार्यले मात्रै नयाँ संविधान जारी भएकाले संविधानको सहज कार्यान्वयनका लागि दलहरुबीच राष्ट्रिय एकताको आवश्यकता रहेको बताए । 

स्थानीय निकाय, प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभालगायत निर्वाचन सम्पन्न गरेमा मात्रै मुलुकमा राजनीतिक पद्धति स्थापित हुने भएकाले पहिलो चरणको संविधानको कार्यान्वयनसम्म दलहरुबीचको सहकार्य र एकता आवश्यक हुने उनको भनाइ थियो । 

“संविधानमा जहाँ त्रुटि छन्, त्यहाँ आवश्यकताअनुसार संशोधन गरी अगाडि बढ्ने हो, ऐन कानुनदेखि प्रदेशको संरचना निर्माणमा सबै दल मिलेरै अगाडि बढ्नुपर्छ, कुनै पार्टी विशेषबाट मात्रै यी काम सम्भव छैन”– महामन्त्री सिटौलाले भने । 

संविधान संशोधनको लागि व्यवस्थापिका–संसद्मा प्रस्ताव दर्ता भएको बताउँदै उनले मधेस केन्द्रित दलले उठाएका माग संवादबाटै सम्बोधन हुने बताए । सरकारका कामकारबाही प्रभावकारी नभएपनि काँग्रेस सरकार गिराउने खेलमा नलागेको बताउँदै उनले भूकम्पपछि राहत र पुनर्निर्माणमा सरकारको ढिलासुस्तीप्रति असन्तुष्टि जनाए । 

“चिसोबाट भूकम्पपीडितले ज्यान गुमाउनुपर्ने अवस्था आउनु दुःखद हो, सहमतिमै पुनर्निर्माण प्राधिकरणको विधेयक पास भएको छ, पीडितलाई राहत पुग्ने गरी राहत र पुनर्निर्माणका कामलाई अगाडि बढाउनुपर्छ”– महामन्त्री सिटौलाले भने । 

]]>