काठमाडौं । बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश अनुसार सोमबार भैरहवा कारागार चलान गरिएको छ ।
सोमबार कार्यालय समय सुरू भएपछि प्रहरीले लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो। त्यसपछि अदालतको पत्र लिएर उनलाई कारागार कार्यालय जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ । उनलाई भैरहवा कारागारको ४ नम्बरको ब्लकमा एक्लै राखिएको छ ।
शुक्रबार राति आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई चैत २३ गते नै यति एअरलाइन्सको विमानमार्फत बिहान ९ः१२ बजे गौतमबुद्ध विमानस्थल अवतरण गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।
गत शुक्रबार उच्च अदालतका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले जिल्ला अदालत रूपन्देहीले एक करोड धरौटीमा छाड्ने आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो ।
प्रतिक्रिया