देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शिक्षकहरूलाई नियमित काममा फर्कने वातावरण बनाउन डा. शेखरको आग्रह

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा.शेखर कोइरालाले सडक आन्दोलनमा रहेका शिक्षकहरूलाई नियमित काममा फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद कोइरालाले विगतमा नेपाल शिक्षक महासंघसँग भएको सहमतिअनुसार शिक्षा ऐन जारी गरेर आन्दोलित शिक्षकलाई काममा फर्कने वातावरण बनाउन आग्रह गरेका हुन्।

सामाजिक सञ्जालमार्फत डा.कोइरालाले भनेका छन्,‘नेपाल शिक्षक महासंघको नेतृत्वमा नेपाली शिक्षक कर्मचारी अहिले सडक आन्दोलनमा छन्। सरकार र महासंघबीच भएका सहमतिबमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु।’

यतिबेला आम शैक्षिक हडतालको घोषणा गरेर शिक्षकहरू काठमाडौँ केन्द्रित भएर निर्णायक आन्दोलनमा छन्। विद्यालय शिक्षा ऐन जारी गरेपछि मात्रै आन्दोलन स्थगित हुने महासंघले जनाएको छ।